बुधबार, चैत ४, २०८२

पहिलो खेलमा रियल मड्रिड सोसिडाडसँग बराबरीमा रोकियो

स्पेनिस ला लिगा अन्तर्गत जारी सिजनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेको छ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत जारी सिजनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेको छ। सोसिडाडको मैदान एन्नोइटामा सम्पन्न खेलमा दुवै टिमले बराबरी खेल्दै अंक बाँडेका हुन्।

National life

खेलमा रियलका डिफेन्डर डानी कार्भान्जल, फरल्यान्ड मेन्डी र सोसिडाडका डिफेन्डर अहेन मुनोज र एन्डर ब्यारेनेट्जाले यल्लो कार्ड पाए।

पहिलो खेलमा रियल मड्रिडले एक अंक पाएको छ भने दोस्रो खेल पनि बराबरी बनेपछि सोसिडाडले २ अंक बनाएको छ। सोसिडाड नवौ स्थानमा छ भने रियल दशौं स्थानमा छ।

त्यस्तै ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न अन्य खेलमा सेल्टा भिगोले घरेलु मैदानमा भ्यालेन्सियालाई २–१ गोलले हराएको छ। ग्रनाडाले पनि अलाभेसलाई २–१ गोलअन्तरले पराजित गर्दा रियल बेटिसले भाल्लाडोलिडलाई २-० गोलले हराएको छ।

ला लिगा अन्तर्गत आज कुने खेल छैनन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 21, 2020| 01:33 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।