आइतबार, असार २८, २०८३

ब्याटिङ–बलिङको एकै लय : आईपीएलको दोस्रो खेल सुपरओभरमा

आईपीएल अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल र किंग्स इलेवेन पञ्जावले बराबरी खेल्दै अंक बाँडेका छन्। दुवै टिमले निर्धारित सम्पूर्ण ओभर खेल्दै ८ विकेटको क्षतिमा १५७ रन बनाएर १–१ अंक बाँडेका हुन्।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं– आईपीएल अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल र किंग्स इलेवेन पञ्जावले बराबरी खेल्दै अंक बाँडेका छन्। दुवै टिमले निर्धारित सम्पूर्ण ओभर खेल्दै ८ विकेटको क्षतिमा १५७ रन बनाएर १–१ अंक बाँडेका हुन्।

दुवईमा सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीका मार्कस स्टोनिसले ५३ रनको अर्धशतकिय पारी खेले। उनले ७ चौका र ३ छक्काको मद्दतमा त्यति रन जोडेका हुन्। त्यस्तै कप्तान श्रेय अयर ३९ र ऋषभ पन्त ३१ रनमा आउट भए भने अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

पञ्जावका मोहम्मद शामीले ३ विकेट लिए, शेल्डोन कट्रेलले दुई विकेट लिए। एक विकेट लिनेमा युवा बलर रवि विश्नाई रहे।

जवाफी ब्याटिङमा आएको दिल्लीले पनि समान प्रदर्शन गर्यो। ओपनर मयंक अग्रवालले सर्वाधिक ८९ रन जोडे। उनले ७ चौका र ४ छक्काको साहयोगमा सो रन जोडे भने कप्तान केएल राहुलले २१ रन र किष्णप्पा गोवथामले २१ रनको योगदान गरे।

यता दिल्लीका कागिसो रबडा, रविचन्द्र अश्विन र मार्कस स्टोनिसले समान २–२ विकेट लिए।

खेल बराबरी भएपछि सुपर ओभरको खेलमा भने दिल्लीले पहिलो जित निकालेको हो। सुपर ओभरका तीन बलमा पञ्जावले २ विकेट गुमाएर २ रन मात्र जोड्यो। यता दिल्लीले तीन बलमा लक्ष्य पूरा गर्दै खेल जित्यो। जितसँगै उसले २ अक जोडेको छ भने पञ्जाव अंकविहीन छ।

समान बलमा उतिनै विकेट गुमाएर समान रन ल्याउनु विश्व क्रिकेटमा दुर्लभ मान्निछ। सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि इंग्ल्यान्डले न्युजिल्यान्डले बराबरी खेलेपछि

सुपरओभर खेलिएको थियो। सुपरओभर पनि बराबरी बनेपछि छक्का र चौकाबाट खेल विजेता छनोट गरियो।

आईपीएलमा आज राति सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंलोरसँग खेल्दैछ।

प्रकाशित: Sep 21, 2020| 01:05 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।