बुधबार, चैत ११, २०८२

सास गन्हाएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

घरको किचेनमै हुने सामग्रीबाट तपाईं सास गन्हाउने समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ। यसका लागि तपाईंलाई कागती र नुन र पानीमात्र भए पुग्छ। यी तीनै चिजको प्रयोग हरेक दिन घरमा भइरहेकै हुन्छ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

आमनेसामने भएर बोल्दा कहिलेकाहीँ आफैंलाई महसुस हुन्छ कि सासबाट अजिब किसिमको गन्ध आइरहेको छ।

National life

सामान्य गन्ध छ भने त दोस्रो व्यक्तिले केही नभन्ला तर अति नै भयो भने त ऊ मुखै फोरेर भन्न बाध्य हुन्छ। यस्तो अवस्थामा निकै नराम्रो महसुस हुन्छ। यसबाट बच्न घरमै केही गर्न सकिन्छ।

हामीमध्ये कतिपयलाई सास गन्हाउने समस्या हुन्छ। त्यसको समाधानका लागि हामी अनेक घरेलु उपाय अपनाइरहेका हुन्छौं। घरेलु उपायले कहिले काम गर्छ, कहिले गर्दैन।

आज हामी यस्तै एउटा घरेलु उपायको बारेमा बताउँदैछौं, जसले सास गन्हाउने समस्याबाट छुटकारा दिन्छ।

के गर्ने त ?

Laxmi sunrise bank
kumari

घरको किचेनमै हुने सामग्रीबाट तपाईं सास गन्हाउने समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ। यसका लागि तपाईंलाई कागती र नुन र पानीमात्र भए पुग्छ। यी तीनै चिजको प्रयोग हरेक दिन घरमा भइरहेकै हुन्छ।

कागतीको रस निकाल्नुस् र एक चिम्टी नुनको साथमा एक गिलास पानीसँग घोल्नुस्। यो मिश्रण तपाईं पिउन पनि सक्नुहुन्छ वा मुख कुल्ला गर्दा पनि हुन्छ। यसले तपाईंलाई मुखबाट आउने दुर्गन्धबाट निकै हदसम्म टाढा राख्छ।

कागतीका फाइदाबारे त तपाईं जानकार नै हुनुहुन्छ होला। हुनुहुन्न भने यो सामग्री पढ्नुस्।

नुनको सेवनले दाँत चम्किलो र मजबुत हुनुका साथै समग्रमा ओरल हेल्थ मेन्टेन गरिराख्न मद्दत पुग्छ। कागती र नुन दुवैमा एन्टिब्याक्टेरियल गुण हुन्छ। यसका कारण नुन–कागती–पानी दाँत र मुखका साथै पेटका लागि पनि लाभदायी हुन्छ।

एउटा कुरा भने ख्याल गर्नुहोस्। त्यो के भने सास गन्हाउने समस्या ओरल हेल्थका अन्य समस्यासँग पनि जोडिएको हुनसक्छ। त्यसैले केही साता कागती–नुन–पानी सेवन गर्दा पनि काम गरेन भने डेन्टिस्टकहाँ जानुहोस्।

प्रकाशित: Sep 21, 2020| 00:15 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्