मंगलबार, साउन १९, २०८३

‘रक्सी सेवन गर्नेले दूरी कायम नगर्दा कोरोनाको जोखिम बढ्यो’

रक्सीजन्य पदार्थ सेवन गर्ने व्यक्तिले सामाजिक दूरीको पालन नगर्ने दाबी एक मनोचिकित्सकले गरेका छन्।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं– रक्सीजन्य पदार्थ सेवन गर्ने व्यक्तिले सामाजिक दूरीको पालन नगर्ने दाबी एक मनोचिकित्सकले गरेका छन्।

स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा सोमबार त्रिवि शिक्षण अस्पतालका उपप्राध्यापक डा. सगुनबल्लभ पन्तले लागू पदार्थ तथा रक्सीजन्य पदार्थको सेवन नेपालमा विकराल रुपमा देखा परेको बताए। यसको असर शारीरिक तथा मानसिक स्वास्थ्यमा परिरहेको उनको भनाइ छ।

डा. पन्तका अनुसार नेपालमा औसत ४ मध्ये एकजनाले सूर्तिजन्य पदार्थ प्रयोग गर्ने अध्ययनले देखाएको छ। त्यसैगरी पछिल्लो १२ महिनाको तथ्यांकअनुसार ४ जनामा १ जनाले रक्सीजन्य पदार्थको सेवन गर्ने गरेका छन् ।

पन्तले भने, ‘विश्वका विभिन्न देशमा भएका अध्ययनअनुसार कोरोनाको महामारीसँगै लागू पदार्थको जोखिम विश्वका सबै देशमा बढेको छ। लकडाउन वा महामारीको समयमा लागू पदार्थ प्रयोग अन्य समयमा भन्दा बढेको पाइएको छ ।’

नेपालमा भने रक्सीजन्य पदार्थ मुख्य समस्याको रुपमा देखिएको उनले बताए। रक्सी खाने मानिसले भौतिक दूरीको नियम पालना नगर्ने र मास्क लगाउने कुरामा पनि बेवास्ता गर्ने गरेको डा. पन्तको तर्क छ।

‘हामीकहाँ अधिकतर मानिस घरभित्र रक्सी खान्छन्। भेन्टिलेसन नभएको कोठामा समूहमा बसेर रक्सी खाँदा सामाजिक दूरीको पालना हुँदैन, जसले गर्दा कोरोना सर्ने जोखिम बढी हुन्छ,’ उनले भने।

‘लामो समयदेखि लागू पदार्थ तथा रक्सी सेवन गर्ने मानिसको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले हुनाले त्यस्ता व्यक्तिलाई कोरोनाको जोखिम बढी छ। सूर्तिजन्य तथा रक्सीजन्य पदार्थको प्रयोगले फोक्सो कमजोर हुने, पाचन प्रणालीमा ह्रास आउने, कलेजो खराब हुने हुन्छ,’ उनले थपे।

लागू पदार्थको प्रयोग गर्ने व्यक्तिहरुको मनमस्तिष्क र व्यवहारमा दिर्घकालिन असर पर्ने हुनाले कोरोना महामारीको समयलाई लागू पदार्थ छोड्ने अवसरको रुपमा लिएर लत छुटाउन कोसिस गर्नुपर्ने डा. पन्तले सुझाए।

प्रकाशित: Sep 20, 2020| 11:52 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्