मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अमेरिकामा अनलाईन ट्यालेन्ट सो कम्पिटिसन

अमेरिकामा नेपाली भाषीबीच विभिन्न चार विधामा ‘अनलाईन ट्यालेन्ट सो कम्पीटिसन’ आयोजना हुने भएको छ ।
 |  आइतबार, असोज ४, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

ओहायो- अमेरिकामा नेपाली भाषीबीच विभिन्न चार विधामा ‘अनलाईन ट्यालेन्ट सो कम्पीटिसन’ आयोजना हुने भएको छ।

triton college

ओहायो राज्यको एक्रोनस्थित हिमालयन म्युजिक एकेडेमीले अमेरिका र क्यानडामा रहेका नेपाली भाषीबीच गायन, नृत्य, वाद्यवादन र हास्यब्यङ्ग्य विधामा भर्चुअल माध्यमबाट प्रतिस्पर्धा गराउन लागेको हो।

बडादशैं र दीपावली २०७७ को अवसर पारेर आयोजित उक्त प्रतियोगितामा हरेक विधामा प्रथम, दोस्रो र तेस्रोलाई जनही क्रमशः दुईहजार पाँचसय, एकहजार पाँचसय र एकहजार अमेरिकी डलर नगद साथ ट्रफी र चौथो हुनेलाई सान्तवना स्वरुप ट्रफी र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने कार्यक्रम निर्देशक पुष्प गजमेरले जानकारी दिए।

७ नोभेम्बरमा फाइनल हुने प्रतियोगिताको  लागि १५ अगस्तदेखि अनलाईन दर्ता खुल्ला गरिएको थियो।

उक्त प्रतियोगितामा ५ वर्षदेखि ६५ वर्षसम्मका अमेरिका र क्यानडामा रहेका नेपालीभाषीहरु सहभागी हुन सक्नेछन्।

Metro Mart
vianet

दर्शकहरुको भोट र निर्णयकहरुले दिने अङ्कका आधारमा विजेता छनौट हुने छन्।

आयोजकका अनुसार कार्यक्रम सामाजिक सञ्जाल र अन्य अनलाइन माध्यमबाट प्रसारण हुनेछ।

प्रवासमा नेपाली भाषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यकासाथ उक्त प्रतियोगिता आयोजना गरिएको बताउँदै गजमेरले भने, “नेपाली मौलिक कला तथा संस्कृति सहितका प्रस्तृतिलाई प्रोत्साहित गर्न एकेडेमीले यसखाले कार्यक्रमलाई निरन्तरता दिनेछ।”

प्रकाशित: Sep 20, 2020| 06:30 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्