मंगलबार, साउन १९, २०८३

कक्षा ११ मा भर्ना हुन एसईईमा जीपीए १.६ अनिवार्य

पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा भर्नाका लागि नयाँ आधार तोकेको छ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं– पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा भर्नाका लागि नयाँ आधार तोकेको छ।

११ मा पढ्न लागि एसईईमा न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ प्राप्त गरेको हुनुपर्ने नयाँ आधार तोकिएको केन्द्रले जनाएको छ।

कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीवन विज्ञान र गणित विषय अध्ययन गर्न कक्षा १० मा अंग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्नेछ। यस्तै उनीहरुले पनि औसत ग्रेड १.६ प्राप्त गरेको हुनुपर्नेछ।

यीबाहेक अन्य विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ प्राप्त गरेको हुनुपर्ने गरी नयाँ आधार तोकिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले जनाएका छन्।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद् बैठकले यसअघिको आधार संशोधन गरेको केन्द्रले जनाएको छ।

प्रकाशित: Sep 20, 2020| 06:13 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्