बुधबार, चैत ११, २०८२

पृथ्वीनारायण क्याम्पसको नेपाली विभागमा अलग्गै पुस्तकालय

पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय पुस्तकालय सञ्चालनका लागि किताब संकलन थालेको छ।
 |  शनिबार, असोज ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०७७

पोखरा- पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय पुस्तकालय सञ्चालनका लागि किताब संकलन थालेको छ।

National life

विभागले त्यस सम्बन्धमा गृहकार्यसमेत गरी करिब १ हजारभन्दा बढी पुस्तक पनि संकलन गरिसकेको छ।

अहिलेसम्म ५५ श्रष्टाले पुस्तक उपलब्ध गराएको विभागीय प्रमुख प्रा.डा. कुसुमाकर न्यौपानेले जानकारी दिए। नेपालका विभिन्न स्थान, अमेरिका र बेलायतबाट समेत श्रष्टाले पुस्तक पठाएको उनले बताए।

यही अभियान अन्तर्गत शनिबार प्रा.डा. रविलाल अधिकारी, सह प्राध्यापक डा. बाबुराम अधिकारी तथा सह प्राध्यापक ईश्वरमणि अधिकारीले पुस्तक हस्तान्तरण गरेका छन्।

यही साउन ८ गते यता आफू विभागीय प्रमुखको जिम्मेवारीमा आएपछि मासिक रुपमा गोष्ठी सञ्चालन गर्नुका साथै पुस्तकालय स्थापनाको अभियान थालेको न्यौपानेले बताए।

Laxmi sunrise bank
kumari

पुस्तकालय स्थापनासँगै विद्यार्थी र प्राध्यापक प्रत्यक्ष रुपमा विभागसँग जोडिने, पठन संस्कृतिको विकास हुने, नेपाली भाषा, साहित्य र संस्कृतिबारे अन्र्तक्रिया हुँदै जाने उनको भनाइ छ।

विशेष गरी अनुसन्धान तहका विद्यार्थीलाई लक्ष्य गरी आफूहरुले पुस्तकालय स्थापना गरिरहेको विभागीय सदस्यसमेत रहेका पुस्तकालय संयोजक उपप्राध्यापक निर्मल सापकोटाले बताए।

विभागले संकलित पुस्तकलाई लेखक र पुस्तकको नाम तथा पुस्तक संख्यासमेतको विवरण राखी व्यवस्थित गर्ने प्रयाससमेत थालेको छ। जसमा अन्य विभागीय सदस्यको समेत साथ दिइरहेका छन्।

प्रकाशित: Sep 19, 2020| 11:35 शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्