बुधबार, चैत ११, २०८२

कोरोनामुक्त म्याग्दी बन्यो डेंगीको ‘हटस्पट’

कोरोनाको कहरबाट मुक्ति पाउँदै गर्दा म्याग्दीलाई डेंगी र स्क्रब टाइफसले भने सताउन थालेको छ ।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

पोखरा- कोरोना संक्रमित शून्य भएको म्याग्दी जिल्ला डेंगी र स्क्रब टाइफसको हटस्पट बनेको छ । वैशाखयता मात्र करिब सयजना डेंगी र स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।

National life

हालसम्म म्याग्दीमा ४९ जना कोरोना संक्रमित भएकोमा सबैले कोरोना जितेका छन् । ४५ दिने संक्रमित बालकको भने असार तेस्रो साता काठमाडौंमा मृत्यु भएको थियो । कोरोनाको कहरबाट मुक्ति पाउँदै गर्दा डेंगी र स्क्रब टाइफसले भने सताउन थालेको छ ।

जिल्लाको बेनी अस्पतालमा उपचार गर्न आएका ६८ जनामा डेंगीको संक्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको अस्पतालले जनाएको छ । ३८ जना स्क्रब टाइफसका बिरामी भेटीएका छन् ।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगीको संक्रमण हालसम्म रघुगंगा गाउँपालिका ६, बेनी नगरपालिका २९, अन्नपूर्ण गाउँपालिका ४, मंगला गाउँपालिकाका ३०, मालिका गाउँपालिकामा ३ र धवलागिरी गाउँपालिकामा २ जना बिरामीमा पुष्टि भएको हो । स्क्रब टाइफसका बिरामी क्रमश २, १८, ३, ११, ३, १ जना स्क्रब टाइफसका बिरामी भेटिएका हुन् ।

जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेंगीको समस्या देखिएपछि बिरामीको नमुना संकलन गरेर थप परीक्षणका लागि काठमाडौं पठाइएकोमा डेंगी नै पुष्टि भएपछि जिल्लाका सबै स्थानीय तहलाई लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान चलाउन आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।

Laxmi sunrise bank
kumari

डेंगीबाट बँच्ने एउटै उपाय भनेको लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेबाहेक अन्य उपाय नभएको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए । मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसका बिरामीको संख्या पनि म्याग्दीमा उच्च गतिमा बढेको छ ।

‘अहिले हामीलाई कोरोना जोखिमसँगै डेंगी र स्क्रब टाइफसको जोखिम बढी देखिएको छ, यसको रोकथाम र नियन्त्रण गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छौँ,’ कटुवालले भने, ‘अहिले हाम्रो अस्पतालमा स्क्रब टाइफस चेक गर्ने किट सकिएको छ, प्रदेशलाई ताकेता गरेका छौँ, तर अहिलेसम्म पठाउन सकेको छैन ।’

अस्पतालका अनुसार प्रदेश सरकारले स्क्रब टाइफसका चेक गर्ने किट पठाउन ढिला गरेकाले बिरामीलाई समस्या भएको छ । अस्पतालबाट पहल गरिए पन १ हस्ता हुँदासम्म कुनै उपलब्ध भएको छैन ।

प्रकाशित: Sep 18, 2020| 02:17 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्