शुक्रबार, असोज १६, २०८३

अण्डा अर्थात् 'अ कम्प्लिट फुड'

एउटा अध्ययनले के देखाएको छ भने अरु केही खानेकुरासँग खायो भने अण्डाबाट हाम्रो शरीरलाई बढी भिटामिन मिल्छ– विशेषगरी सलादसँग।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

अण्डालाई एउटा ‘कम्प्लिट फुड’ मानिन्छ। हाम्रो शरीरलाई चाहिने सबै पोषक तत्व अण्डामा पाइन्छ।

प्रोटिनको त भण्डार नै हो अण्डा। अण्डामा उच्च गुणस्तरीय प्रोटिन पाइन्छ । शरीरका सबैखाले तन्तु तथा अणु बन्नका लागि प्रोटिनको आवश्यकता पर्छ। त्यसैले स्वस्थ रहनका लागि भोजनमा पर्याप्त प्रोटिन आवश्यक पर्छ।

के गाउँ के सहर, के देश के विदेश हरेक ठाउँमा पाइन्छ अण्डा। बनाउन पनि सजिलो। एकै मिनेटमा अण्डाबाट अनेक भेराइटी बनाउन सकिन्छ। उसिनेर मात्र खाए पनि भो, अम्लेट बनाए पनि भो। करी बनाए पनि भो, फ्राइ गरे पनि भो।

एउटा अण्डामा २११ किलो क्यालोरी हुन्छ। ७ ग्राम प्रोटिन हुन्छ। फ्याट २२ प्रतिशत हुन्छ। भिटामिन ए १६ प्रतिशत पाइन्छ। आइरन ९ प्रतिशत र क्याल्सियम ७ प्रतिशत हुन्छ।

एउटा अध्ययनले के देखाएको छ भने अरु केही खानेकुरासँग खायो भने अण्डाबाट हाम्रो शरीरलाई बढी भिटामिन मिल्छ– विशेषगरी सलादसँग।

कतिपयलाई लाग्ला अण्डामा भएको पोषक तत्वहरुले मोटाउन सहयोग पुग्छ। तर त्यसो होइन। अण्डाले मोटोपनाबाट पीडितलाई वजन घटाउन सहयोग पुर्याउन सकछ।

ब्रेकफास्टमा अण्डा समावेश गर्नाले दिउँसो कम खानेकुराले पुग्ने र सामान्य अवस्थामा भन्दा ४ सय क्यालोरी कम खानेकुरा खाइने भएकाले तौल घटाउन सहयोग मिल्छ। पर्याप्त क्यालोरी पाइने भएकाले दुब्लालाई त फाइदा पुग्ने नै भयो।

उक्त रक्तचापबाट जोगिन समेत अण्डाको सेवन लाभदायी हुन्छ। अण्डामा हुने तत्वले हाइपरटेन्सन हुन दिँदैन। यसले मुटुरोग, हृदयाघात लगायतको जोखिम पनि कम गर्छ।

 

प्रकाशित: Sep 18, 2020| 02:15 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्