बुधबार, चैत ११, २०८२

कृषि विश्वविद्यालयमा दुई महिनादेखि ताला

 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

चितवन– चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा दुई महिना अघि गरिएको तालाबन्दी अझै खुल्न सकेको छैन ।

National life

अधिकांश समय निमित्त पदाधिकारीको भरमा चल्दै आएको विश्वविद्यालय पदाधिकारीको अभावमा अस्तव्यस्त बन्दै गएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनको नेतृत्वमा अस्थायी र करार कर्मचारीहरु सहितले विश्वविद्यालयमा साउन १२ गते तालाबन्दी गरेका हुन् ।

उनीहरुले केन्द्रीय कार्यालयसँगै कृषि र भेटेरिनरी सङ्कायमा पनि तालाबन्दी गरेका छन् ।

संगठनका अध्यक्ष अचल शाक्यले त्यहाँ कार्यरत २४ जना करार कर्मचारीलाई स्थायी र ८५ ज्यालादारी कर्मचारीलाई करारसहितका माग राख्दै तालाबन्दी गरिएको बताए ।

Laxmi sunrise bank
kumari

हाल उपकुलपतिको जिम्मेवारी पाएका डा शारदा थपलिया आफ्ना मागहरु सम्बोधन गर्ने विषयमा अनुदार भएकै कारण तालाबन्दी गर्नुपरेको शाक्यको भनाइ छ ।

तत्काल संगठनको माग सम्बोधन गर्न नसकिने उपकुलपत थपलियको भनाइ छ ।

विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष र रजिष्ट्रार पद रिक्त छ ।
-रासस

प्रकाशित: Sep 18, 2020| 07:38 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्