बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्याजको कृत्रिम अभाव सिर्जना गरी भाउ बढाउने कारबाहीमा

प्याजको कृत्रिम अभाव सिर्जना गरी भाउ बढाउने कारबाहीमा

प्याजको कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएर बेच्ने दुई वटा थोक विक्रेता कारबाहीमा परेका छन् ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

काठमाडौं– प्याजको कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएर बेच्ने दुई वटा थोक विक्रेता कारबाहीमा परेका छन् ।

बिहीबार वाणिज्य विभाग र काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको टोलीले नयाँ बानेश्वरस्थित तरकारी बजारमा संयुक्त रुपमा गरेको अनुगमनमा २ वटा पसलबाट ४० बोरा लुकाइराखेको प्याज बरामद गरिएको विभागले जनाएको छ ।

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाका अनुसार भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाएपछि व्यापारीहरुले प्याज लुकाएर कृत्रिम अभाव सिर्जना गराएर मूल्य बढाएपछि अनुगमन थालिएको हो ।

ती दुई पसललाई कारवाही गर्ने विभागले जनाएको छ । दुईमध्ये एक पसलमा सील गरिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।

 

प्रकाशित: Sep 17, 2020| 11:33 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।