बिहीबार, भदौ २५, २०८३

पाल्पाको वृद्धाश्रममा कोरोना संक्रमितको मृत्यु

पाल्पाको तानसेन नगरपालिकामा रहेको वृद्धाश्रममा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

पाल्पा- पाल्पाको तानसेन नगरपालिकामा रहेको वृद्धाश्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको वृद्धाश्रम आइसोलेसनमा उपचाररत ५२ वर्षीय कोरोना संक्रमित पुरुषको आज (बिहीबार) बिहान मृत्यु भएको हो ।

शंकास्पद लक्षण देखिएपछि उनको कोरोना परिक्षण गरिएको थियो । चार दिनअघि उनमा कोरोना पुष्टि भएको हो ।

कलेजोको समेत बिरामी भएका उनलाई कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि बुटवल र भैरहवाका विभिन्न अस्पताल लगिए पनि भर्ना लिएका थिएनन् ।

त्यसपछि उनलाई मंगलबार पुनः तानसेनकै वृद्धाश्रम ल्याएर उपचार गरिएको मिसन अस्पतालले जनाएको छ ।

कोरोना संक्रमित बिरामीलाई उपचार गर्न तोकेका अस्पतालले बिरामी राख्न नमान्दा उनको मृत्यु भएको भन्दै स्थानीयले आक्रोश ब्यक्त गरेका छन् ।

प्रकाशित: Sep 17, 2020| 11:17 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।