बिहीबार, भदौ २५, २०८३

सामाजिक विकास मन्त्री घिमिरे कोरोना संक्रमणमुक्त

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोना संक्रमणमुक्त भएका छन् ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

विराटनगर- प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उनको रिपोर्ट विहीबार विहान नेगेटिभ आएको जनाएको छ । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि उनी संक्रमणमुक्त भएका हुन् ।

मन्त्री घिमिरेलाई गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि उनी होमआईसोलेसनमा बसेका थिए ।

यसअघि भदौ २६ गते गरिएको परीक्षणमा उनको रिपोर्ट पुनः पोजेटिभ आएको थियो । मन्त्री घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित: Sep 17, 2020| 10:31 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।