बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज बिरामी दिवस, स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गरिने

आज बिरामी दिवस, स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गरिने

आज विश्व बिरामी दिवस । ‘सुरक्षित स्वास्थ्यकर्मी सुरक्षित बिरामी’ नाराका साथ नेपालमा स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गरि यो दिवस मनाइँदैछ ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

काठमाडौं- आज विश्व बिरामी दिवस । ‘सुरक्षित स्वास्थ्यकर्मी सुरक्षित बिरामी’ नाराका साथ नेपालमा स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गरि यो दिवस मनाइँदैछ ।

बिरामी दिवसलाई यस वर्ष स्वास्थ्यकर्मीको सुरक्षामा केन्द्रित गरिएको छ । आज बिरामी दिवसको अवसरमा केन्द्र, प्रदेश र स्थानीयस्तरमा स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका लागि दिप प्रज्वलन गर्न स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ ।

काठमाडौंको माइतीघर मण्डलामा आज बेलुका सात बजे दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको स्वास्थ्य सेवा विभागको उपचारात्मक स्वास्थ्य महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले बताए ।

सोही समयमा कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्नुका साथै कोरोनाबाट मृत्यु भएकाहरुको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिनेछ ।

स्वास्थ्यकर्मी सुरक्षित नभएसम्म बिरामी सुरक्षित नहुने भएकाले यस वर्षको बिरामी दिवस स्वास्थ्यकर्मीको सुरक्षामा केन्द्रित गरिएको उनले बताए ।

साथै कोरोना महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन र उनीहरुको सम्मानका लागि बेलुकी ८ बजे आ–आफ्नो घरमा दिपावली गर्न पनि विभागले अपिल गरेको छ ।

प्रकाशित: Sep 17, 2020| 08:26 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।