काठमाडौं- सर्वोच्च अदालतसहित आज देशभरका अदालत नखुल्ने भएका छन् ।
सर्वोच्च अदालतले पूर्व–प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनका कारण आज देशभरका अदालत बन्द गरिएको छ । सर्वोच्च अदालतले हिजो नै देशभरका अदालतमा आज एक दिन शोक बिदा दिने निर्णय गरेको थियो
सर्वोच्च अदालतको हिजो बसेको आकस्मिक पूर्ण बैठकले पूर्व–प्रधानन्यायाधीश सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा एक दिन शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।
काठमाण्डौको बत्तिसपुतली बस्दै आएका पूर्व– प्रधानन्यायाधीश सिंहको ओम अस्पतालमा मंगलबार राति निधन भएको थियो ।
१९७६ सालमा सप्तरीमा जन्मेका सिंहले २००३ सालबाट सरकारी सेवामा वडाहाकिमको पदबाट सेवा सुरु गरेका थिए । २०१३ साल जेठ ८ गते उनी देशको दोस्रो प्रधानन्यायाधीशका रुपमा नियुक्त भएका थिए ।