बिहीबार, भदौ २५, २०८३

६ महिनापछि लामो दूरीका सवारीसाधान सञ्चालन हुँदै

विश्वकर्मा पूजा गरेर आजबाट यातायात व्यवसायीले मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन गर्ने भएका छन ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

काठमाडौं–विश्वकर्मा पूजा गरेर आजबाट यातायात व्यवसायीले मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन गर्ने भएका छन ।
झण्डै छ महिनादेखि थन्किएका मध्यम र लामो दूरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालनका लागि सरकारले अनुमति दिएको हो ।

सवारी साधन सञ्चालन गर्ने तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् ।

यातायात व्यवसायी र चालक महासंघ सम्मिलित संयुक्त कार्यदलले बस सञ्चालनका लागि बुधबार नै सबैलाई अनुरोध गरेको थियो ।

विज्ञप्तिमार्फत सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको थियो ।

सार्वजनिक यातायात सञ्चालनका क्रममा चालक, सहचालकले मास्क, पञ्जा, सेनिटाइजर र सहचालकले फेस भाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने छ ।

यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड गर्न पाइने छैन ।

सरकारले तोकेको मापदण्ड पूरा गरेर मात्र सेवा सञ्चालन हुनेछ । यसको अनुगमन ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले गर्नेछ ।

प्रकाशित: Sep 17, 2020| 07:10 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।