बुधबार, चैत ४, २०८२

प्याज बोकेका १२ वटा ट्रक जोगबनीमै रोकिए

नेपाली व्यापारीको १२ ट्रक प्याज लोड भएका ट्रक भारतीय बजार जोगबनीमा रोकिएका छन्।
 |  बुधबार, भदौ ३१, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, भदौ ३१, २०७७

विराटनगर– नेपाली व्यापारीको प्याज लोड भएका १२ वटा ट्रक भारतीय बजार जोगबनीमा रोकिएका छन्।

National life

भारतले प्याज निर्यातमा रोक लगाएपछि व्यापारीले नेपाल ल्याउन खोजेको प्याज सीमापारि जोगबनी बजारमै अड्किएको हो।

विराटनगर गुद्रीबजारका आलु तथा प्याजका थोक विक्रेता पशुपति भगतले प्याज लोड भएका १२ वटा ट्रक जोगबनीमा रोकिएको बताए।

भारतको इन्दौरबाट आयात हुने प्याजमा रोक लगाएपछि नेपाली व्यापारीको करिब तीन करोड रुपैयाँ बराबरको प्याज सीमापारि रोकिएको उनको भनाइ छ।

प्याजमा रोक लगाएसँगै मूल्यमा पनि पनि असर पर्न थालेको छ। चार दिनअघिसम्म ७५ रुपैयाँ प्रतिकिलो पाइने प्याजको मुल्य बुधबार एक सय रुपैयाँ पुगेको छ।

Laxmi sunrise bank
kumari

व्यापारीसँग भएको प्याजको मौज्दात हेर्दा विराटनगरमा एक सातासम्म प्याजको मूल्य प्रतिकिलोग्राम एक सय रुपैयाँभन्दा बढी नहुने भगतले बताए।

भारतीय भूमिमा रोकिएको प्याज निकासी गर्नका लागि प्रशासनले पहल गरिदिनुपर्ने उनीको माग छ।

विराटनगर भन्सार कार्यालयकी सूचना अधिकारी सुनिता पौडेलले मंगलबारसम्म भन्सारबाट प्याज आएको जानकारी दिइन्।

भन्सार कार्यालयका अनुसार साउनमा नौ सय ३७ टन र भदौ २४ गतेसम्म ६ सय ६२ टन गरी कुल एक हजार ापँच सय ९९ टन प्याज आयात भएको छ।

प्रदेश १ मा दैनिक करिब तीन मेट्रिक टन बढी प्याज खपत हुन्छ।

प्रकाशित: Sep 16, 2020| 18:50 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्