मंगलबार, जेठ ५, २०८३

कक्षा १२ मा ४० पूर्णाङ्कको अनलाइन परीक्षा लिने प्रस्ताव

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को १०० मध्ये ४० पूर्णाङ्कको परीक्षा अनलाइन प्रणालीबाट लिने प्रस्ताव गरेको छ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को १०० मध्ये ४० पूर्णाङ्कको परीक्षा अनलाइन प्रणालीबाट लिने प्रस्ताव गरेको छ।

National life

बोर्डले ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारसमक्ष सिफारिस गरेको हो।

उक्त प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेपछि कार्यान्वयन हुनेछ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले सरकारबाट स्वीकृति पाएपछि कार्यविधि र प्रश्नपत्र बनाई ४० नम्बरका लागि अनलाइन परीक्षाको तालिका प्रकाशन गरिने जानकारी दिए। उनले अनलाइनबाट गरिए पनि परीक्षा दशैं पछाडी हुने बताए।

गत वैशाख ८ गतेदेखि तोकिएको परीक्षा बन्दाबन्दीका कारण स्थगित भएको थियो।

चार लाख ३२ हजार विद्यार्थीले परीक्षाको लािग आवेदन भरेका छन्।

- रासस

प्रकाशित: Sep 16, 2020| 17:57 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्