काठमाडौं– कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका सर्वसाधारणमाथि प्रहरी हस्तक्षेप भएको छ।
काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका उनीहरूमाथि प्रहरीले पानीको फोहोरा प्रयोग गरेर भीड तितरबितर पारेको छ। घिसिङको चार वर्षे कार्यकाल सकिएपछि उनी भदौ २९ गते अवकाश भएका छन्।