मंगलबार, जेठ ५, २०८३

नुनले समस्या पनि निम्त्याउँछ, एक दिनमा कति खाने नुन ?

सोडियमले रगतमा इलेक्ट्रोलाइटको मात्रा कम गर्छ जसले गर्दा बढी तिर्खा लाग्छ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

हामी सबैलाई थाहा छ नुनमा पाइने मुख्य कम्पोनेन्ट हो सोडियम। हामी हरेक दिन सोडियम खान्छौं नुनको माध्यमबाट।

National life

सोडियमले रगतमा इलेक्ट्रोलाइटको मात्रा कम गर्छ जसले गर्दा बढी तिर्खा लाग्छ।

हाम्रो शरीरमा मिर्गौलाले पानी जम्मा गर्छ र इलेक्ट्रोलाइटको मात्रालाई पनि ब्यालेन्स गर्छ। नुनको अधिक सेवनले शरीरका रक्तकोषिकाहरु सुनिने र एडिमा नामक रोग लाग्ने खतरा हुन्छ।

फास्ट फुड, जंक फुड र प्याकेज्ड फुडमा नुनको मात्रा अधिक हुन्छ। यस्ता खानेकुरा बढी खाँदा तौल बढ्नु स्वाभाविक हो। आफ्नो जीवनशैली र खानपानमा परिवर्तन गरेर सोडियम अर्थात् नुनको सेवन कम गर्न सकिन्छ।

तौललाई नियन्त्रणमा राखिराख्न फलफूल, कम प्रोटिन भएका खानेकुरा, होल ग्रेन तथा कम फ्याटवाला डेरी उत्पादन सेवन गर्नुपर्छ।

अधिक सोडियमको सेवनले तौल बढाउनुका साथै शरीरमा वाटर रिटेन्सन र उच्च रक्तचापको पनि समस्या हुन्छ। एक दिनमा २३ सय मिलिग्रामभन्दा कम सोडियम खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ।

कतिपयलाई त सोडियम सेन्सिटिभिटीको पनि समस्या हुन्छ। यस्तो समस्या हुनेले एक दिनमा १५ सय मिलिग्रामभन्दा पनि कम सोडियम सेवन गर्नुपर्छ।

कसरी कम गर्ने सोडियम ?

– प्याकेजिङ गरिएको र जंकफुड कम खाने

– नेचुरल फुड जस्तै हरियो तरकारी, फलफूल, रेसादार खानेकुरामा जोड दिने

– नियमित रुपमा एक्सरसाइज गर्ने

– पर्याप्त पानी पिउने

– समय–समयमा सोडियम चेक गर्ने र त्यसैअनुसार खानेकुरा खाने

प्रकाशित: Sep 16, 2020| 06:48 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्