सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • महिला बास्केटबल टोलीका प्रशिक्षक र ओलम्पियन नयनालाई कोरोना संक्रमण

महिला बास्केटबल टोलीका प्रशिक्षक र ओलम्पियन नयनालाई कोरोना संक्रमण

राष्ट्रिय महिला बास्केटबल टोलीका प्रशिक्षक विकास शाही र ओलम्पियन नयना शाक्यलाई कोरोना संक्रमण भएको छ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं– राष्ट्रिय महिला बास्केटबल टोलीका प्रशिक्षक विकास शाही र ओलम्पियन नयना शाक्यलाई कोरोना संक्रमण भएको छ।

शाक्यले मंगलबार फेसबुकमा स्टाटस लेख्दै परिवारका तीन जनालाई कोरोना संक्रमण देखिएको बताएकी हुन्। शाही र शाक्य श्रीमान–श्रीमती हुन्।

उनीहरूको घरमा भएको स्टोर सञ्चालकलाई कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा दुवै जनाको नेगेटिभ रिपोर्ट आएको थियो।

केही दिनपछि शाहीलाई लक्षण देखिएको र दोस्रोपटक परीक्षण गराउँदा दम्पतीसहित सन्तानलाई पनि कोरोना पुष्टि भएको शाक्यले बताएकी छन्।

उनीहरू होम आइसोलेसनमा बसिरहेका छन्।

नयना आठौं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेतासमेत हुन्। विकास पूर्वराष्ट्रिय खेलाडी हुन्।

प्रकाशित: Sep 15, 2020| 21:45 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।