सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय यू-१६ फुटबलका टिमका कप्तान जानलाई प्लस टुमा पूर्ण छात्रवृत्ति

राष्ट्रिय यू-१६ फुटबलका टिमका कप्तान जानलाई प्लस टुमा पूर्ण छात्रवृत्ति

काठमाडौं- नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वर्ल्ड कलेजले प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ। चुच्चेपाटीस्थित मनास्लुले म्यानेजमेन्ट अध्ययनका लागि जानलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं- नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वर्ल्ड कलेजले प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ। चुच्चेपाटीस्थित मनास्लुले म्यानेजमेन्ट अध्ययनका लागि जानलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो।

मनास्लुका चेयरम्यान गेहेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान र प्रिन्सिपल राजन श्रेष्ठ तथा जानबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। मनास्लु कलेज यसै शैक्षिक सत्रदेखि सुरु भएको चेयरम्यान लामाले जनाएका छन्।

चेयरम्यान लामाले सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै अभिभावकलाई खेलमा लागेर पनि आफ्ना सन्तानले अनेक क्षेत्रमा अवसर पाउन सक्छन् भन्ने सन्देश दिन हाल जानबाट यो कदमको सुरुआत गरिएको बताए। उनले इच्छुक भएको खण्डमा यु–१६ का सम्पूर्ण सदस्यलाई पनि पूर्ण छात्रवृत्तिको अवसर दिन मनास्लु तयार रहेको प्रतिबद्धता जनाए।

जानले २०७६ को एसईई सातदोबाटोस्थित लोक स्मृति विद्यालयबाट उत्तीर्ण गरेका थिए। कक्षा ३–४ देखि नै फुटबल खेल्न सुरु गरेका जान झापाको सरणामतीका स्थायी बासिन्दा हुन्। उनले विभिन्न उमेरसमूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन्।

जानका बाबु पनि भलिबलका पूर्व राष्ट्रिय खेलाडी हुन् ।

प्रकाशित: Sep 15, 2020| 19:29 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।