मंगलबार, साउन १९, २०८३

एसईई ग्रेडसिट लिन २५० रुपैयाँ शुल्क बुझाउनुपर्ने

एसईईको ग्रेड सिट पाउन एक विद्यार्थीले २५० रुपैयाँ शुल्क बुझाउनुपर्ने भएको छ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं– एसईईको ग्रेड सिट पाउन एक विद्यार्थीले २५० रुपैयाँ शुल्क बुझाउनुपर्ने भएको छ।

शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंले सूचना जारी गरी विद्यालयहरूलाई एकमुष्ट रुपमा शुल्क बुझाउन भनेको हो।

एकाइको सूचनामा भनिएको छ, ‘ग्रेडसिट, प्रमाणपत्र र गे्रड लेजर सम्बन्धित विद्यालयमार्फत एकमुष्ट रुपमा वितरण गरिने हुनाले प्रमाणपत्रबापत प्रति विद्यार्थी रु. २५० का दरले राजस्व जम्मा गरेको सक्कलै भौचर बुझाई प्रमाणपत्रहरु लिन सबै विद्यालयहरुलाई अनुरोध छ।’

यसअघि विद्यालयहरूले चारित्रिक प्रमाणपत्रबापत शुल्क लिए पनि ग्रेडसिट भने निःशुल्क पाइन्थ्यो।

 

प्रकाशित: Sep 15, 2020| 18:53 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्