काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जिल्लामा सक्रिय कोरोना संक्रमित छैनन्।
मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला संक्रमणमुक्त भएका छन्।
सात जिल्लामा भने ५०० जनाभन्दा बढी सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
मोरङ, सुनसरी, काठमाडौं, भक्तपुरमा ५/५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।
त्यस्तै चितवन, मकवानपुर र रुपन्देहीमा पनि ५०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
आज मात्रै काठमाडौंमा ५५५, मोरङमा १११, सुनसरीमा १७ र भक्तपुरमा ८६ जना संक्रमित थपिएका छन्। त्यसैगरी मकवानपुरका ८७, चितवनका ३७ र रुपन्देहीका ५१ जनामा संक्रमण पुष्टि भएको छ।