काठमाडौं– नेपालमा कोरोना भाइरसबाट ४० हजार ६३८ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ७१.५ प्रतिशत हो। आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ जना पुगेको छ।
सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ जना छन्। पछिल्लो २४ घण्टामा १०६२ निको भएका छन्। आज १०६२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आजसम्म प्रदेश १ मा तीन हजार ५६२, प्रदेश २ मा ११ हजार ९६, बागमतीमा अठ हजार ३९२ जना संक्रमणमुक्त भएका छन्। गण्डकीमा दुई हजार ३४५, प्रदेश पाँचमा ६ हजार ६७७, कर्णालीमा दुई हजार ५३१ र सुदूरपश्चिममा ६ हजार ३५ जना कोरोनामुक्त भएका छन्।