काठमाडौं– पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ३७१ पुगेको छ।
पछिल्लो ३५ दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो सोमबार अहिलेसम्मकै धेरै १५ जनाको मृत्यु भएको थियो।
देशभरका आईसीयूमा १७४ जना संक्रमित उपचाररत छन् भने भेन्टिलेटरमा २८ जना छन्।
आज देशभर १४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
आजको दिनमा सक्रिय संक्रमित १५ हजार ७७९ जना छन्।
देशभरका संस्थागत आइसोलेसनमा ८ हजार १३९ जना छन् भने होम आइसोलेसनमा ७ हजार ६४० जना छन्।
पछिल्लो २४ घण्टामा १ हजार ६२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।