बिहीबार, भदौ २५, २०८३

१०,३७५ जनाको पीसीआर गर्दा १,४५९ मा संक्रमण पुष्टि

देशभरका आईसीयूमा १७४ जना संक्रमित उपचाररत छन् भने भेन्टिलेटरमा २८ जना छन्।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं– आज मंगलबार देशभर १४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

याेसँगै संक्रमितकाे कुल संख्या ५६ हजार ७८८ पुगेकाे छ। यीमध्ये ४० हजार ६३८ जना संक्रमणमुक्त भएका छन् भने ३७१ जनाकाे मृत्यु भएकाे छ।

आजको दिनमा सक्रिय संक्रमित १५ हजार ७७९ जना छन्।

देशभरका संस्थागत आइसोलेसनमा ८ हजार १३९ जना छन् भने होम आइसोलेसनमा ७ हजार ६४० जना छन्।

पछिल्लो २४ घण्टामा १ हजार ६२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

देशभरका आईसीयूमा १७४ जना संक्रमित उपचाररत छन् भने भेन्टिलेटरमा २८ जना छन्।

देशभर अहिले ७ हजार २५० जना क्वारेन्टिनमा छन्।

 

प्रकाशित: Sep 15, 2020| 16:23 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।