बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यात्रुको स्वास्थ्य सुरक्षामा ध्यान दिन यातायात व्यवसायीलाई मुख्यमन्त्री राईको आग्रह

यात्रुको स्वास्थ्य सुरक्षामा ध्यान दिन यातायात व्यवसायीलाई मुख्यमन्त्री राईको आग्रह

विराटनगर– प्रदेश १ मा सार्वजनिक सवारी सञ्चालनबारे मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीसँग भर्चुअल छलफल गरेका छन्।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

विराटनगर– प्रदेश १ मा सार्वजनिक सवारी सञ्चालनबारे मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीसँग भर्चुअल छलफल गरेका छन्।

सरकारले आगामी असोज ५ गतेदेखि सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि प्रदेशमा सार्वजनिक सवारी सञ्चालनबारे मंगलबार मुख्यमन्त्री राईले यातायात व्यवसायीसँग छलफल गरेका हुन्।

उनले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन यातायात व्यवासीहरुलाई आग्रह गरेका छन्। मास्क, स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका साधन प्रयोग गरेर सावधानीहरु अपनाउन यातायात व्यवसायीलाई उनको आग्रह छ। यात्रुहरुको विशेष ध्यान दिन पनि उनले व्यवसायीहरुलाई आग्रह गरेका छन्।

लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने बारेमा मुख्यमन्त्री राईले सरोकारवालाहरुसँग छलफल गरेका हुन्। मुख्यमन्त्री राईले असोज ५ गते अगाडि यातायात व्यवसायीहरुलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीहरुको विवरण तयार गर्न आग्रह गरेका छन्। उनले यातायात व्यवसायीहरुको साझा समस्याहरुलाई सरकारले सम्बोधन गर्दै जाने बताए।

लामो दूरीका यात्रुहरुको विवरण राख्न समेत मुख्यमन्त्री राईले जोड दिएका छन्। छलफलमा यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयको स्वागत गरेका थिए। उनीहरुले स्वास्थ्य सजगता अपनाउँदै यातायातका साधन सञ्चालन गर्नै प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: Sep 15, 2020| 15:29 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।