काठमाडौं–डिसहोमले सुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिता ‘द स्ट्रिङ’ अडिसन राउण्डबाट १० प्रतियोगी छनौटसँगै दोस्रो चरणमा प्रवेश गरेको छ ।
दर्शकको भोट तथा निर्णायकहरुको छनौटबाट उत्कृष्ट १० छनौट भएका थिए ।
उत्कृष्ट १० मा परेका प्रतिस्पर्धीहरूले दोस्रो चरणमा पुनः आफ्नो प्रस्तुति डिसहोमको फेसबुक पेजमा अपलोड गरी भोटिङको आह्वान गरिसकेका छन ।
देशभर छरिएर रहेका प्रतिभाहरूको पहिचान गर्दै, उनीहरूलाई अवसरसँगै हौसला प्रदान गर्ने उद्देश्यले डिशहोमले द स्ट्रिङ सुरुवात गरेको हो ।