बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • रोनाल्डोलाई उछिन्दै मेस्सी बने सर्वाधिक कमाउने फुटबलर, कुन खेलाडीको कमाइ कति ?

रोनाल्डोलाई उछिन्दै मेस्सी बने सर्वाधिक कमाउने फुटबलर, कुन खेलाडीको कमाइ कति ?

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछिपार्दै अर्जेन्टिनी स्टार लियोनल मेस्सी विश्वमा सर्वाधिक कमाउने फुटबल खेलाडी बनेका छन्।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं- पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछिपार्दै अर्जेन्टिनी स्टार लियोनल मेस्सी विश्वमा सर्वाधिक कमाउने फुटबल खेलाडी बनेका छन्।

National life

उनी २०२० को सर्वाधिक कमाउने फुटबलर बनेको फोब्र्सले सार्वजनिक गरेको छ। फोब्र्सका अनुसार उनको वार्षिक आम्दानी १२६ मिलियन अमेरिकी डलर रहेको छ।

त्यस्तै दोस्रो स्थानमा रहेका युभेन्टस स्टारको वार्षिक आम्दानी ११७ मिलियन अमेरिकी डलर रहेको छ।

सर्वाधिक कमाउने फुटबलरमा ब्राजिलियन स्टार नेयमार जुनियर तेस्रो नम्बरमा छन् भने पीएसजीकै केलियन एम्बाप्पे चौथो नम्बरमा छन्।

यता प्रिमियर लिगका खेलाडी मोहम्मद सलाह र पाउल पोग्वा पाँचौ र छैटौं नम्बरमा छन् भने डेभिड डि गिया शीर्ष १० भित्र परेका छन्।

Laxmi sunrise bank
kumari

त्यस्तै बार्सिलोनाका एन्टोनी ग्रिजम्यान सातौँ स्थानमा छन् भने बार लेवरकुसनका रोबर्ट लेवान्डोस्की नवौँ स्थानमा छन्।

यता, रियल मड्रिड र वेल्सका फरवार्ड ग्यारेथ बेल पनि शीर्ष १० मा छन्। गएको सिजनका अधिकांश खेलमा उपस्थित नरहेका वेल्समेन बेलको वार्षिक आम्दानी भने २९ मिलियन डलर रहेको छ। उनी सर्वाधिक कमाउने खेलाडीको आठौं नम्बरमा छन्।

कुन खेलाडीको आम्दानी कति ?

लियोनेल मेस्सी : १२६ मिलियन अमेरिकी डलर

क्रिस्टियानो रोनाल्डो : ११७ मिलियन अमेरिकी डलर

नेयमार : ९६ मिलियन अमेरिकी डलर

केलियन एम्बाप्पे : ४२ मिलियन अमेरिकी डलर

मोहम्मद सलाह : ३७ मिलियन अमेरिकी डलर

पाउल पोग्बा : ३४ मिलियन अमेरिकी डलर

एन्टोनी ग्रिजम्यान : ३३ मिलियन अ‍ेमरिकी डलर

ग्यारेथ बेल : २९ मिलियन अमेरिकी डलर

रोबर्ट लेवान्डोस्की : २८ मिलियन अमेरिकी डलर

डेविड डि गे : २७ मिलियन अमेरिकी डलर

प्रकाशित: Sep 15, 2020| 08:47 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।