बुधबार, चैत ११, २०८२

प्याज काँचै खानु लाभदायी, यस्ता छन् ५ फाइदा

श्वासप्रश्वास सम्बन्धी रोगबाट बच्न पनि प्याज लाभदायी छ। प्याजले शरीरमा रक्तसञ्चार प्रवाह नियमित बनाइराख्न र शरीरमा ऊर्जा दिने काम गर्छ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

तपाईं–हाम्रो भान्सामा दैनिक रुपमा प्याज प्रयोग हुन्छ। कतिपयले तरकारी–अचारमा प्याज हाल्छन् त कतिले सलादको रुपमा काँचै खान मन पराउँछन्।

National life

खासमा प्याज काँचै खानु बढी फाइदाजनक हुन्छ। काँचो प्याजले कैयौं मौसमी बिरामीबाट बचाउन सहयोग पुग्छ। साथै तपाईंको सुन्दरतामा पनि काँचो प्याजले निखारता ल्याउँछ।

यस्ता छन् काँचो प्याजका खास ५ फाइदा

१) प्याजमा पाइने फस्फोरस, म्याग्नेसियम, पोटासियम र भिटामिन सी ले हाम्रो शरीरलाई निरोगी बनाउन मद्दत पुग्छ। दिउँसोको खानाको साथमा सलादको रुपमा काँचो प्याज खाँदा पाचन शक्तिमा सहयोग पुग्छ।

श्वासप्रश्वास सम्बन्धी रोगबाट बच्न पनि प्याज लाभदायी छ। प्याजले शरीरमा रक्तसञ्चार प्रवाह नियमित बनाइराख्न र शरीरमा ऊर्जा दिने काम गर्छ।

Laxmi sunrise bank
kumari

२) काँचो प्याजले एन्टिब्याक्टेरियाको पनि काम गर्छ। यसले हाम्रो शरीरमा ब्याक्टेरिया र भाइरसलाई बढ्न दिँदैन। साथै रुघा लाग्नबाट पनि हामीलाई बचाउँछ।

३) लूबाट बच्न पनि प्याज अचूक औषधि हो। गर्मीमा लामो यात्रामा निस्किनु छ भने सलादको रुपमा खानासँग काँचो प्याज अवश्य खानुस्। यसले शरीरमा पानीको कमी हुनबाट पनि बचाउँछ।

४) दिउँसोको खानाको साथमा काँचो प्याज नियमित खाने गर्नाले रगतमा सुगरको मात्रा बढ्न दिँदैन। यसले शरीरमा क्यान्सरजस्तोे घातक रोगका लागि सेलको विकास हुनबाट रोक्छ।

५) काँचो प्याज अनुहारका लागि पनि उपयोगी हुन्छ। काँचो प्याज लगाउने हो भने केही समयमै अनुहारको दाग हटेर जान्छ। साथै काँचो प्याजको सेवनले शरीरमा ब्लड सर्कुलेसन बढाउँछ र शरीरमा भएको ड्यामेज सेल रिपेयर गर्न मद्दत पुग्छ।

– नवभारत टाइम्स

 

प्रकाशित: Sep 15, 2020| 07:00 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्