शुक्रबार, असोज १६, २०८३

शिक्षामा लगानी गर्न विश्व बैंकको एक अर्ब अनुदान

काठमाडौं– विश्व बैंकले शिक्षा क्षेत्रको विकासका लागि नेपाललाई थप १ करोड ८५ लाख अमेरिकी डलर अर्थात् १ अर्ब २७ करोड रुपैयाँ अनुदान दिने भएको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं– विश्व बैंकले शिक्षा क्षेत्रको विकासका लागि नेपाललाई थप १ करोड ८५ लाख अमेरिकी डलर अर्थात् १ अर्ब २७ करोड रुपैयाँ अनुदान दिने भएको छ।

यससम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन्।

अनुदान रकमले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको कोभिड–१९ आकस्मिक योजनाको कार्यान्वयनमा योगदान पुर्याउने अर्थ मन्त्रालयले जनाएको छ ।

सम्झौतापछि विश्व बैंकका नेपाल निर्देशक जर्भोसले कोरोनाका कारण शिक्षा क्षेत्र पनि अत्यधिक मारमा पर्ने क्षेत्रमध्ये एक भएकोले यसले बालबालिकाको सिकाइमा गहिरो प्रभाव परेको बताएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Sep 14, 2020| 13:10 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्