मंगलबार, जेठ ५, २०८३

कस्तो फलफूल खाने गर्भवतीले ?

गर्भावस्थामा अन्य पोषिलो खानेकुराका साथै फलफूलमा पनि जोड दिनुपर्छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

गर्भावस्था भनेको शिशुको जीवन शुरुवात भएदेखि जन्म हुनुपूर्वको अवधि हो। यो अवधि कुल २७० दिन अथवा ४० हप्ता वा ९ महिना ७ दिन भन्ने बुझिन्छ। यो अवधिमा शिशुको शारीरिक ९जस्तै आँखा, कान, मुटु, कलेजो, लिङ्ग आदि०को वृद्धि र विकास हुन्छ।

National life

गर्भावस्थाको खानपिनले शिशुको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ। गर्भावस्थामा कुपोषण र अन्य कारणले शिशुमा अपाङ्गता हुन सक्छ। त्यसैले गर्भवतीले आफ्नो खानपानमा ध्यान दिनुपर्छ।

गर्भावस्थामा अन्य पोषिलो खानेकुराका साथै फलफूलमा पनि जोड दिनुपर्छ।

स्याउ
स्याउ फाइबर र अन्य कैयौं पोषक तत्वले भरिपूर्ण फल हो। गर्भवती र पेटमा हुर्किरहेको बच्चाका लागि स्याउ निकै उपयोगी हुन्छ।

अनार
गर्भावस्थामा हुन सक्ने रगतको कमी हुन नदिन अनार उपयोगी हुन्छ। अनारमा पर्याप्त आइरन पाइन्छ।

अंगुर
गर्भावस्थाको पहिलो ६ महिनासम्म अंगुरको सेवन फलदायी हुन्छ।

अम्बा
अम्बामा पाइने क्यारेटोनाइड गर्भवतीका लागि उपयोगी हुन्छ। यसले ब्लड सर्कुलेसनमा पनि सहयोग गर्छ।

सुन्तला
सुन्तलामा पाइने पोटेशियमले गर्भावस्थामा हुन सक्ने हाइ ब्लड प्रेसरको सम्भावनालाई कम गर्छ।

किवी
किवीबाट गर्भवतीलाई फोलेटको आपूर्ति हुन्छ। फोलेट शिशुलाई पनि जरुरी हुन्छ।

केरा
केरामा मुख्य रुपमा भिटामिन सी, फोलेट, भिटामिन बी–६ जस्ता पोषक तत्व पाइन्छ। यसले बच्चालाई न्युरल ट्युब डिफेक्टबाट बचाउँछ।

आरु
यसमा पाइने भिटामिन ए, सी, ई, बिटा क्यारोटिन जस्ता पोषक तत्व शिशुको विकासका लागि आवश्यक हुन्छ।

तरबुजा
गर्भावस्थाको बेला हुन सक्ने मर्निङ सिकनेस, छातीमा हुने जलन तथा हातखुट्टा सुनिने समस्याबाट बच्न तरबुजाले सहयोग गर्छ।

चेरी
गर्भावस्थामा चेरी खाँदा भिटामिन सी को पूर्ति हुन्छ। यसका साथै चेरीको सेवन बच्चाको ब्लड सर्कुलेसनमा पनि सहयोगी हुन्छ।

–नवभारत टाइम्स

प्रकाशित: Sep 14, 2020| 09:06 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्