बुधबार, चैत ४, २०८२

पीएसजीको खेल जब लडाइँमा बदलियो

कोही खेलाडी जुध्न थाले कोही छुट्याउन। अघिबाटै युद्ध शान्त पार्न तल्लीन रेफ्रीले कही मिनेटमा मात्र शान्त गर्न सके। उनले सबै खेलाडीलाई एकै ठाउँमा बोलाए। र, कार्ड देखाए।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं– आइतबार राति लिग वान अन्तर्गत खेल थियो– पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेल्लीको। पीएसजीको मैदान पार्क डेस प्रिन्सेसको मैदानमा सम्पन्न खेल मार्सेल्ली एक गोलले अघि रह्यो।

National life

निर्धारित ९० मिनेटसम्म पनि पीएसजीले गोल गर्न नसकेपछि खेलको ३१ औं मिनेटमा मार्सेल्लीका फ्लोरिअन थाउविनले गरेको गोल निर्णायक बन्ने पक्काजस्तै थियो।

९० मिनेटपछि रेफ्रीले ५ मिनेटको इन्ज्युरी समय थपिदिए। गोल सम्भव भएन। डिफेन्डिङ च्याम्पियन पीएसजीले लगातार दोस्रो हार बेहोर्यो। २०११ नोभेम्बरयता पीएसजी मार्सेलीसँग पराजित भएको थिएन। 

तर त्यो इन्ज्युरी समय मैदानभित्र खेलमात्र भएन। खेलभन्दा धेरै त नै लडाइँ भयो। ब्रजिलियन नेयमार र स्पेनिसल सेन्टर ब्याक एल्भेरोबीच आधा घण्टाबाटै ठेलाठेल सुरु भइसकेको थियो। जुन ठेलाठेल ९० मिनेटपछि झगडामा बदलियो।

इन्ज्युरी समयको नाटक तब सुरु भयो, जब मार्सेल्लीका बेनोडिट्टोले पीएसजीका परेडेसलाई पछाडिबाट ठेलेर लडाए। त्यसपछि पिएसजीका मिडफिल्डरले उनलाई मुक्का हानेर मैदानमा पछारे। कुर्जवा र अमावीले एकअर्कालाई हिर्काउन थाले।

Laxmi sunrise bank
kumari

कोही खेलाडी जुध्न थाले कोही छुट्याउन। रेफ्रीले केही मिनेटमा मात्र शान्त गर्न सके। उनले सबै खेलाडीलाई एकै ठाउँमा बोलाए। र, कार्ड देखाए।

पीएसजीका लियोनार्दो परोडेस, लिभियन कुर्तजा र मार्सेल्लीका डुओ जोर्डन र डारिओ बेनेडेट्टो सीधै कार्ड खाएर बाहिरिँदा रेफ्रीले भीएआरको सहयोग लिएर मात्र नेयमारलाई बाहिर पठाए। बेनेडेट्टो र परेडेले डबल यल्लो कार्ड पाए भने कुर्जवा र अमावीले सीधै रेड कार्ड पाए।

रेफ्रीले नेयमारसहित पाँच खेलाडीलाई रेड कार्ड दिँदै बाहिर पठाएपछि पीएसजीका ८ र मार्सेल्लीका ९ खेलाडी मैदानमा बँचेका थिए।

उसो त एकै समयमा पाँच रेड कार्डसहित १० यल्लो कार्ड देखाइनु पनि दुर्लभ नै हो। त्यसअघि नै रेफ्रीले अतिरिक्त २ यल्लो कार्ड देखाइसकेका थिए। जुन २१ औं शाताब्दीमा लिग वानको पहिलो रेकर्ड हो।

कार्ड खाँदै बाहिरिएका नेयमारले लिग वानका फोर्थ अफिसियलसँग आफू नश्लीय विभेदको सिकार भएको खुलासा गरेका छन्। उनले  अल्भेरोमाथि यस्ताे आरोप लगाएका हुन्।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै मार्सेल्लीका प्रशिक्षक आन्द्रे भिल्लाले फुटबलमा रेसिजमको कुनै ठाउँ नरहेको बताएका छन्। तर उनले गएरातिको युद्ध यसकारण नभएको दाबी गरेका छन्। तर उनले यो विषयमा पनि अध्ययन गनुपर्ने बताए।

खेलमा पाँच हजार समर्थकको उपस्थिति थियो। कोरोना भाइरसको महामारी कम हुँदै गएपछि फ्रान्स सरकारले पाँच हजार समर्थक खेलमा उपस्थित हुन सकिने नियम बनाएको छ।

प्रकाशित: Sep 14, 2020| 08:09 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।