सोमबार, असार २९, २०८३

यूएस ओपनको उपाधि डोमिनिक थिमलाई

काठमाडौं– आइतबार राति सम्पन्न फाइनल खेलमा अलेक्जेन्डर जेरेवलाई हराउँदै डोमिनिक थिमले यूएस ओपनको उपाधि जितेका छन्। उनले ३–२ सेटमा जेरेभलाई हराउँदै उपाधि आफ्नो हात पारेका हुन्।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं– आइतबार राति सम्पन्न फाइनल खेलमा अलेक्जेन्डर जेरेवलाई हराउँदै डोमिनिक थिमले यूएस ओपनको उपाधि जितेका छन्। उनले ३–२ सेटमा जेरेभलाई हराउँदै उपाधि आफ्नो हात पारेका हुन्।

सुरुवाती दुवै सेटमा पछि परेका अष्ट्रियन खेलाडी थिमले उत्कृष्ट कम ब्याक गर्द उपाधि रक्षा गरे। थिम सुरुवाती दुई खेलमा २–६ र ४–६ को सेटले पछि परेका थिए। तर तेस्रो सेटमा भने ६–४ को जित निकाले। चौथो सेटमा पनि ६–३ को जित निकालेका थिमको पाँचौ अथवा निर्णायक सेट भने प्रतिस्पर्धात्मक बनेको थियो।

संघर्षपूर्ष पाँचौ सेटमा पनि थिमले ७–६ (८–६)को जित निकाल्दै उपाधि रक्षा गरे। उपाधि जितेपछि उनी लन टेनिसकै मैदान पल्टिएर उत्सव मनाएका थिए।

‘म चाहन्छु, कि आज हामी दुवै खेलाडी विनर भएको भए ! हामी दुवै यो उपलब्धि हासिल गर्न योग्य थियौँ,’ थिमले खेलपछि जेरेभलाई भने। उनीहरु बच्चैदेखि परिचित खेलाडीसमेत हुन्।

विश्व वरियताको तेस्रो नम्बरमा रहेका थिमले पहिलो पटक यूएस ओपन जितेका हुन्। पूर्व विजेता राफेल नाडाल र स्विस खेलाडी रोजर फेडेररले खेलमा सहभागिता जनलाएका र शीर्ष वरियताका नोभाक जोकोविचले लाइन जजलाई बल प्रहार गरेर प्रतियोगिताबाट बाहिरिसकेका कारण सम्पन्न प्रतियोगितामा नयाँ विजेता आउने पक्का थियो।

यसकारण प्रतियोगिताको मुख्य तीन दावेदारी नभएको फाइदा तेस्रो वरियताका थिमले उठाएका हुन्।

उनले पछिल्लो दुई फ्रेन्च ओपनमा राफेल नाडेलसँग पराजित भएका छन्। त्यसपछिको फेब्रुअरीमा सम्पन्न अष्ट्रेलियन ओपन फाइनलमा भने थिम जोकेविचसँग पराजित भएका थिए। र, यो उनको पहिलो फाइनल थियो, जहाँ उनी तीन ठूलो खेलाडीसँग भिडिरहेका थिएनन्।

प्रकाशित: Sep 14, 2020| 07:56 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।