सोमबार, असार २९, २०८३

विश्वकप क्वालिफायरमा सम्मिलित यूएईका २ खेलाडी निलम्बित

युनाईटेड अरब इमिरेट (युएईका) दुई क्रिकेट खेलाडी अस्थायी निलम्बनमा परेका छन्।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं- युनाईटेड अरब इमिरेट (युएईका) दुई क्रिकेट खेलाडी अस्थायी निलम्बनमा परेका छन्।

आज (आइतबार) अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एउटा सूचना सार्वजनिक गर्दै उनीहरु निलम्बनमा परेको जनाएको हो।

आईसीसीले एन्टी करप्सन नियम उल्लंघन गरेको भन्दै टी-ट्वेन्टी विश्वकप क्वालिफायरका खेलमा सम्मिलित अमिर हायात र अस्फाक अहमेदलाई अस्थायी निलम्बन गरेको हो।

आज (आइतबार) सूचना जारी गर्दै तत्कालबाट लागू हुने गरी दुबै खेलाडीलाई निलम्बन गरिएको जनाएको छ।

अब दुबै खेलाडीले १४ दिनभित्र आईसीसीलाई प्रतिक्रिया दिनुपर्ने छ। यसअघि इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) ले अस्फागलाई विश्वकप क्वालिफायर खेलका कारण गत अक्टोबरमा निलम्बन गरेको थियो।

आईसीसीले एन्टी करप्सन सम्बन्धी धारा २.१.३, २.४.२, २.४.३,२.४.४ र २.४.५ सम्बन्धी मुद्दामा निलम्बन गरेको जनाएको छ।
सो धाराहरुमा म्याच फिक्सिङ, खेल डिले गर्नेलगायतका व्यवस्था छन्।

प्रकाशित: Sep 13, 2020| 19:36 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।