बुधबार, चैत ४, २०८२

आइएपीएलको सहप्रायोजकमा ‘भीआई’

ही सेप्टेम्बर १९ बाट सुरु हुन लागेको इन्डियन प्रिमियर लिग (आईपीएल)मा टेलिकम अपरेटिङ कम्पनी भोडाफोन–आइडिया (भीआई) सहप्रायोजकका रुपमा रहने भएको छ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं– यही सेप्टेम्बर १९ बाट सुरु हुन लागेको इन्डियन प्रिमियर लिग (आईपीएल)मा टेलिकम अपरेटिङ कम्पनी भोडाफोन–आइडिया (भीआई) सहप्रायोजकका रुपमा रहने भएको छ। युनाइटेड अबर इमिरेट्स (यूएई)मा शनिबारबाट हुने प्रतियोगितामा भोडाफोनले हिस्सा लिन लागेको हो।

National life

भोडाफोन र आइडियाले आईपीएल क्रिकेट टुर्नामेन्टमा पहिलेदेखि नै हिस्सा लिँदै आएका छन्। तर २०१८ मा यी दुवै कम्पनी गाभिएपछि भने आईपीएलमा पहिलोपटक हिस्सा लिएको हो।

अहिले यो कम्पनीलाई भीआईको नामले चिनिन्छ। उसले गत हप्तामात्र आफ्नो ब्रान्ड आइडेन्टिटी लन्च गर्दै दुई कम्पनीको संयुक्त नाम ‘भीआई’ राखेको हो।

भीआईलाई टी–२० लिगको लाइभ ब्रोडकास्टको अधिकार पनि मिलेको छ। यही टेलिकास्टबाट स्टार स्पोर्टस् नेटवर्कमा जानेछ।

पछिल्लो समय चीन र भारतबीच सीमा विवाद बढेपछि चिनियाँ कम्पनी भिभोले आईपीएलको स्पोन्सर फिर्ता लिएको थियो।

Laxmi sunrise bank
kumari

४४० करोड भारतीय रूपैयाँको स्पोन्सरसिप फिर्ता लिएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले २२० करोड भारतीय रूपैयाँमा स्पोन्सरसिप ड्रिम ११ लाई बेचेको थियो।

प्रकाशित: Sep 13, 2020| 13:24 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।