सोमबार, असार २९, २०८३

यूएस ओपन : ओसाकाले तेस्रो पटक जितिन् ग्रान्डस्लम उपाधि

भिक्टोरिया अजेरेन्कालाई हराएर जापानी स्टार नोआमी ओसाकाले यूएस ओपनको उपधि जितेकी छन्। उनले यूएस ओपन जितेसँगै तेस्रो ग्रान्डस्लमको उपाधि जितेकी हुन्।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं- भिक्टोरिया अजेरेन्कालाई हराएर जापानी स्टार नोआमी ओसाकाले यूएस ओपनको उपधि जितेकी छन्।

उनले यूएस ओपन जितेसँगै तेस्रो ग्रान्डस्लम उपाधि जितेकी हुन्। ओसाका बुल्गेरियन स्टार अजेरेन्कालाई २–१ को सेटमा हराउँदै उपाधि जितेकी हुन्।

महिला टेनिसमा चौथो वरीयताकी २२ वर्षीया ओसाकाले पहिलो सेट १–६ को ठूलो अन्तरले गुमाएकी थिइन्। तर दोस्रो र तेस्रो सेट भने समान ६–३ र ६–३ को सेटमा जितिन्।

ओसाका पहिलो सेटमा ३–० ले पछि पर्दै खराब सुरुवात गरेकी थिइन्। तर त्यसपछिका ११ खेलमा १० खेल जित्दै उत्कृष्ट कमब्याक गरिन्।

बेलारुसियन अजरेन्काको भने २०१३ पछिको यो पहिलो फाइनल हो। उनी २०१२ र २०१३ को यूएस ओपन फाइनलमा सेरेना विलियम्ससँग पराजित भएकी थिइन्।

खेलपछि ओसाकाले अजेरेन्कालाई व्यंग्य गर्दै भनिन्, ‘म अब तिमीसँग फाइनल कहिल्यै खेल्दिनँ। मैले यो फाइनल एन्जोए गर्न नै पाइनँ। यो खेल मेरा लागि धेरै गाह्रो भयो।’

ओसाकले जितपछि सम्पन्न यूएस ओपन व्यक्तिगत रुपमा प्रेरणादायी भएको बताएकी छन्। साथै उनले सानो हुँदा अजेरेन्काको खेल हेर्ने गरेको र उनीसँगै खेल्न पाउँदा खुसी लागेको पनि बताइन्।

प्रकाशित: Sep 13, 2020| 07:50 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।