सोमबार, असार २९, २०८३

ला लिगा : पहिलो दिनको खेलमा ग्रानाडा र ओसासुनाको जित

लिग अन्तर्गतको पहिलो दिन सम्पन्न तीन खेलमा ग्रानाडा र ओसासुनाले जित निकालेका छन् भने आइबर सेल्टा र भिगोले बराबरी खेलका छन्।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं- स्पेनिसस ला लिगाको २०२०/२१ सिजन शनिबारबाट सुरु भएको छ।

लिग अन्तर्गतको पहिलो दिन सम्पन्न तीन खेलमा ग्रानाडा र ओसासुनाले जित निकालेका छन् भने आइबर सेल्टा र भिगोले बराबरी खेलका छन्।

ला लिगाको उद्घाटन खेलमा गोलरहित बराबरी खेल्दै सेल्टा र आईबरले अंक बाँडेका छन्। त्यस्तै दोस्रो खेलमा भने ग्रानाडाले एथ्लेटिक क्लबलाई २–० गोलअन्तरले पराजित गनेको छ।

ग्रनाडाको जितका लािग यन्जल हेर्रेरा र लुइस मिलाले गोल गरे।

त्यस्तै शनिबारराति नै सम्पन्न तेस्रो खेलमा ओसासुनाले जित निकालेको छ। उसले घरेलु टिम काडिजलाई २–० गोलअन्तरले हराउँदै जित निकालेको हो। ओसासुनाका लागि एड्रिन लोपेज र रुबेन जसियाले गोल गरे।

जितसँगै ग्रनाडा र ओसासुनाले ३–३ अंक जोडेका छन भने एथ्लेटिक क्लब र काडिज अंकविहिन छन्।

प्रकाशित: Sep 13, 2020| 07:01 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।