सोमबार, असार २९, २०८३

सलाहको ह्याट्रिकसँगै लिभरपुलको सुखद् सुरुवात

काठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले लिड्स युनाइडेडलाई हराउँदै नयाँ सिजनको सुखद् सुरुवात गरेको छ। लिभरपुलको मैदान एनफिल्डमा सम्पन्न खेलमा घरेलु टिमले ४–३ गोलअन्तरले जित निकालेको हो।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले लिड्स युनाइडेडलाई हराउँदै नयाँ सिजनको सुखद् सुरुवात गरेको छ। लिभरपुलको मैदान एनफिल्डमा सम्पन्न खेलमा घरेलु टिमले ४–३ गोलअन्तरले जित निकालेको हो।

जितका लागि मोहम्मद सलाहले ह्याट्रिक गरे भने भर्जिल भान डाइकले एक गोल गरे। यता गत सिजनको च्याम्पियनसिपमा लिगविजेता बन्दै प्रिमियर लिगमा बढुवा भएको लिड्सका ज्याक हेसिसन, पेट्रििक बोमफर्ड र माटेउज क्लिच ले १–१ गोल गरे।

खेलको चौथो मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै सलाहले पहिलो गोल गरे। तर १२ औं मिनेटमा लिड्सका ह्यारिसनले गोल गरेर खेललाई बराबरीमा ल्याए।

त्यस्तै, २० औं मिनेटमा भान डाइकले बनाएको अर्को अग्रता पनि ३० औं मिनेटमा लिड्सका बोमफर्डले खोसेपछि खेल २–२ गोलको बराबरीमा थियो। तर ३३ औं मिनेटमा सलाहले पुनः आग्रता बनाइहाले। यो अग्रतासँगै पहिलो हाफमा लिभरपुल ३–२ गोलले अघि रह्यो।

दोस्रो हाफमा पनि दुवै टिमले एक एक गोल थपे। क्लिचले खेलको ६६ औं मिनेटमा गोल गर्दै खेललाई बरबरीमा ल्याएका थिए तर ८८ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै लिभरपुलले खेल जित्यो।

सुरुवाति जितसँगै लिभरपुलले तीन अंक बनाएको छ। लिड्स युनाइटेड अंकविहिन रहेको छ।

ईपीएल अन्तर्गत गएराति नै सम्पन्न खर्को खेलमा किस्टल प्यालेसले साउथह्याम्टनलाई १ –० गोलअन्तरले हराएउँदै तीन अंक जोडेको छ।

ईपीएलमा आजका खेलः
वेस्ट ब्रोम र लेस्टर सिटी, राति पौने ७ बजे
टोटेनहम र एभर्टोन, राति सवा ९ बजे

प्रकाशित: Sep 13, 2020| 06:41 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।