सोमबार, असार २९, २०८३

सीपीएलपछि आईपीएल खेल्न सन्दीप यूएईतर्फ

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन्।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन्।

उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर आज यूएई उडेका हुन्।

ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई गएको उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए। आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् । यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदै छ ।

सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका हनु्। आईपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ । सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ । उनलाई दिल्ली क्यापिटल्सले रु ३२ लाखमा अनुबन्ध गरेको हो ।

सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका थिए। नियमित उडान बन्द भएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए। यस वर्षको सिपिएलका लागि जमैका तलावाजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

 

प्रकाशित: Sep 13, 2020| 05:37 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।