सोमबार, असार २९, २०८३

प्रिमियर लिग : उद्घाटन खेलमा आर्सनलले सानदार जित

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) को आज (शनिबार) साँझ सम्पन्न उद्घाटन खेलमा आर्सनलले फुलह्यामलाई ३–० गोलअन्तरले हराएको छ।
 |  शनिबार, भदौ २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०७७

काठमाडौं- इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) को आज (शनिबार) साँझ सम्पन्न उद्घाटन खेलमा आर्सनलले फुलह्यामलाई ३-० गोलअन्तरले हराएको छ।

पछिल्लो सिजनमा दोस्रो डिभिजनको च्याम्पियनसिपबाट बढुवा भएको टिम फुलह्यामको क्राभेन कटेज रंगशालामा सम्पन्न खेलमा पाहुना टिमले सानदार जित निकालेको हो।

जितका लागि अलेक्जेन्डर लकाजेट्टे, ग्याब्रियल र पियरे इमिरिक अबुमयाङले १-१ गोल गरे। उद्घाटन खेलको आठौँ मिनेटमै लकाजेट्टेले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए। उनको गोलसँगै पहिलो हाफमा आर्सनल एक गोलले अघि रह्यो।

उसले दोस्रो हाफमा दुई गोल थप्यो। ग्याब्रियलले ४९ औँ मिनेटमा गोल गरे भने कप्तान अबुमयाङले ५७ औँ मिनेटमा गोल गर्दै ३-० गोल अन्तरको अग्रता सुनिश्चित गरे।

आर्सनल र फुलह्याम ईपीएल ओपनिङ डेको खेलमा भेट भएको यो दोस्रोपटक हो, यसअघि २००७-०८ मा पनि ओपनिङ खेलमा भेट भएका थिए।

आजको खेलअघि दुई क्लबबीच लिगमा १३ पटक भेट भएकोमा एक पटक मात्र आर्सनलले हार बेहोरेको छ। आर्सनलले फुलह्यामविरुद्ध ८ जित र ४ बराबरी खेलेको थियो।

आजको जितसहित १४ पटक लिगमा प्रतिस्पर्धा गरको यी दुई क्लबमध्ये आर्सनलले जित संख्या ९ बनाएको छ।
जितसँगै अर्सनलले अंकतालिकामा ३ अंक जोडेको छ। फुलह्यामले खाता खोल्ने सकेन्।

प्रकाशित: Sep 12, 2020| 19:38 शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।