सोमबार, असार २९, २०८३

कोरोनामुक्त भएर अभ्यासमा फर्किए नेयमार

काठमाडौं– ब्राजिलका ग्लोबल स्टार नेयमार जुनियर कोरोना संक्रमणबाट मुक्त भएका छन्। पेरिस सेन्ट जेर्मेन (पीएसजी)का खेलाडीलाई गरिएको परिक्षणमा उनी कोरोना मुक्त देखिएका हुन्।
 |  शनिबार, भदौ २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०७७

काठमाडौं– ब्राजिलका ग्लोबल स्टार नेयमार जुनियर कोरोना संक्रमणबाट मुक्त भएका छन्। पेरिस सेन्ट जेर्मेन (पीएसजी)का खेलाडीलाई गरिएको परिक्षणमा उनी कोरोना मुक्त देखिएका हुन्।

युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलपछि विदामा रहेका नेयमार नयाँ सिजनको अभ्यासका लागि फर्कने क्रममा परिक्षण गर्दा कोभिड–१९ पोजेटिभ पाइएका थिए।

उनीसँगै एन्जेल डि मारिया, माउरो इकार्डी लगायतका खेलाडीसमेत कोरोना संक्रमित पाइएका थिए। त्यसपछि संक्रमित सबै खेलाडी सेल्फ आइसोलेसनमा थिए।

कोरोनाबाट मुक्त भएको जनाउ दिँदै नेयमारले सामाजिक सञ्जाल ट्वीटरमा अभ्यासमा समेत फर्किसकेको बताएका छन्। उनले कोरोना नेगेटिभ भएपछि ‘सुपर ह्याप्पी’ भएको बताए।

नेयमारपछि कोरोना पोजेटिभ देखिएका अर्का फरवार्ड केलियन एम्बाप्पे अहिले सेल्फ आइसोलेसनमा रहेका छन्।

क्लबका उत्कृष्ट फरवार्ड र अन्य महत्वर्ण खेलाडीको अभावमा भर्खरै सुरु भएको लिग वानको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पीएसजीले १–० गोलअन्तरको हार बेहोरिसकेको छ।

प्रकाशित: Sep 12, 2020| 07:10 शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।