सोमबार, असार २९, २०८३

पहिलो एकदिवसीयमा अष्ट्रेलियाको जित

काठमाडौं– तीन शृंखलाको इंग्ल्यान्ड–अष्ट्रेलिया एक दिवसीय क्रिकेट अन्तर्गत गएराति सम्पन्न पहिलो खेलमा पाहुना टिम अष्ट्रेलियाले जित निकालेको छ। म्यानचेस्टरमा सम्पन्न खेलमा अष्ट्रिेलियाले घरेलु टिमलाई १९ रनले हराएको हो।
 |  शनिबार, भदौ २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०७७

काठमाडौं– तीन शृंखलाको इंग्ल्यान्ड–अष्ट्रेलिया एक दिवसीय क्रिकेट अन्तर्गत गएराति सम्पन्न पहिलो खेलमा पाहुना टिम अष्ट्रेलियाले जित निकालेको छ। म्यानचेस्टरमा सम्पन्न खेलमा अष्ट्रिेलियाले घरेलु टिमलाई १९ रनले हराएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९४ रन बनायो। २९५ रनको लक्ष्य लिएर मैदान उत्रिएको इंग्ल्यान्डले पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा २७५ रन बनाएपछि खेल अष्ट्रेलियाको पोल्टामा परेको हो।

जितका लागि अष्ट्रेलियाका ग्लेन म्याक्सवेलल ४ छक्का र ४ चौकाको मद्दतमा ७७ रनको योगदान दिए। त्यस्तै माइकल महर्शले ७३ रन जोड्दा मार्कस स्टोनिसले ४३ रनको योगदान दिए।

इंग्ल्यान्डका जोफ्रा आर्च र मार्क वुडले समान ३–३ विकेट लिए भने २ विकेट लिनेमा आदिल रशिद रहे।

त्यस्तै जवाफी ब्याटिङमा आएको इंग्ल्यान्डका साम बिलिङले १४ चौका र २ छक्काको सहयोगमा ११८ रनको सकतिय पारी खेले भने जोन्नी ब्रिस्टवले ८४ रनको अर्धसतकिय पारी खेले। यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

यता अष्ट्रेलियाका एडम जम्पाले ४ विकेट लिए भने जोश हज्लेवुडले ३ विकेट लिए।

इंग्ल्यान्ड–अष्ट्रेलिया सिरिज अन्तर्गतको बाँकी दुई खेल सेम्टेम्बर १३ र १६ मा म्यानचेस्टरमा हुनेछ।

 

प्रकाशित: Sep 12, 2020| 07:00 शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।