बुधबार, साउन २०, २०८३

परीक्षण रोकिए पनि यसै वर्षभित्र कोरोनाको भ्याक्सिन आउँछ : एस्ट्राजेनेका

अहिले विश्वभर करिब एक दर्जन वटा भ्याक्सिनको परीक्षण चलिरहेको छ। यसमा अक्सफोर्डको भ्याक्सिन सबैभन्दा अगाडि छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

कोरोनाविरुद्धको भ्याक्सिन बनाइरहेको बेलायती कम्पनी एस्ट्राजेनेकाले तत्कालका लागि परीक्षण रोकिए पनि यसै वर्षभित्र भ्याक्सिन तयार हुने बताएको छ। अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर उक्त कम्पनीले कोरोनाको भ्याक्सिन बनाइरहेको छ।

उक्त भ्याक्सिनको अन्तिम चरणको परीक्षण चलिरहेकोमा भ्याक्सिन लगाएका एक व्यक्ति बिरामी भएपछि परीक्षण रोकिएको छ।

अक्सफोर्ड युनिभर्सिटीका प्रवक्ताले ठूलो स्तरको परीक्षणमा यस्तो हुने बताउँदै यसबारे अध्ययन गरिने बताएका छन्। केही दिनमै परीक्षण पुनः सुरु हुने उनको भनाइ छ।

अक्सफोर्ड युनिभर्सिटीको भ्याक्सिनमाथि पूरा विश्वको नजर छ अहिले। कोरोनाबाट आक्रान्त देशहरुलाई आशा जगाएको उक्त भ्याक्सिनको परीक्षण रोकिएपछि अन्य कम्पनीहरुलाई पनि धक्का लागेको छ, जो कोरोनाको भ्याक्सिन बनाइरहेका छन्।

अहिले विश्वभर करिब एक दर्जन वटा भ्याक्सिनको परीक्षण चलिरहेको छ। यसमा अक्सफोर्डको भ्याक्सिन सबैभन्दा अगाडि छ।

उक्त भ्याक्सिनको तेस्रो चरणको परीक्षण चलिरहेको छ र बजारमा आउने सबैभन्दा पहिलो भ्याक्सिन यही हुने अपेक्षा गरिएको छ।

 

प्रकाशित: Sep 10, 2020| 17:21 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्