मंगलबार, जेठ ५, २०८३

दुर्गमका विद्यार्थीका लागि स्थानीय सरकारले अध्ययन सामग्री उपलब्ध गराउनुपर्ने (निर्देशिकासहित)

प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीलाई केन्द्रित गरेर स्थानीय सरकारले स्वअध्ययन सामग्री छपाइ गरी वितरण गर्नुपर्ने भएको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीलाई केन्द्रित गरेर स्थानीय सरकारले स्वअध्ययन सामग्री छपाइ गरी वितरण गर्नुपर्ने भएको छ।

National life

शिक्षा मन्त्रालयले सार्वजनिक गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार दूर शिक्षा वा इन्टेरनेटको पहुँच बाहिर रहेका विद्यार्थीको लागि स्थानीय सरकारले अध्ययन सामग्री वितरण गर्नुपर्ने भएको हो।

सिकाइ सामग्री शिक्षा तथा मानवस्रोत विकास केन्द्रको वेबसाइटमा उपलब्ध हुने मन्त्रालयले जनाएको छ। उक्त सामग्री प्रदेश र स्थानीय सरकारको समन्वमा छपाइ गर्नुपर्ने छ।

अभ्यास पुस्तिका भने स्थानीय तहले छपाइ गरी वितरण गर्नुपर्ने छ।

त्यस्तै निर्देशिकाले शिक्षक वा स्वयंसेवकले विद्यार्थीको सिकाइमा सहयोग पुर्‍याउनुपर्ने जनाएको छ।

समुदायमा भएका सिकाइ केन्द्र वा विद्यालयमार्फत भौतिक दूरी कायम गरी बस्ने व्यवस्था मिलाएर सिकाइ प्रक्रियालाई निरन्तरता दिनुपर्ने निर्देशिकामा उल्लेख छ।

 

 

प्रकाशित: Sep 10, 2020| 16:45 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्