शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सन् २०२२ मा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने एडीबीको प्रक्षेपण

सन् २०२२ मा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने एडीबीको प्रक्षेपण

सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं– सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ। बैंकले बुधबार सार्वजनिक गरेको एसियाली मुलुकको आर्थिक प्रक्षेपणको अद्यावधिक प्रतिवेदनले सन् २०२२ मा ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको हो। यसअघि सन् २०२१ मा २.३ प्रतिशत आर्थिक वृद्धिदर कामय हुने एडीबीले आकलन गरेको थियो। 

यता नेपाल सरकारले भने चालु आर्थिक वर्षमा ७ प्रतिशको आर्थिक वृद्धिको लक्ष्य राखेको छ। तर एसियाली विकास बैंकले भने कोरोना विरुद्धको खोपका तीव्र रुपमा लगाउन थालेपछि आर्थिक गतिविधि बढ्न थाल्ने तर सरकारको लक्ष्य भेटाउन गाह्रो पर्ने प्रक्षेपण गरको हो। सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत पुग्ने बैंकको अध्ययनले देखाएको छ। 

एडीबीका नेपाल निर्देशक अर्नौड काचोइसले कोरोनाविरुद्धको खोप अभियानले विकासमा गति दिन सहयोग गर्ने र यसले आर्थिक वृद्धिमा मद्दत पुग्ने बताए। प्रतिवेदनअनुसार मनसुनले साथ दिएकाले कृषि क्षेत्रको उत्पादन बढ्नेछ। समयमा नै धान रोप्न पाएकोले धानको उत्पादनमा पनि वृद्धि एडीबीको प्रक्षेपण छ। 

त्यस्तै नेपालको सरकारले चालु आर्थिक विर्षमा स्वास्थ क्षेत्रमा सरकारको भूमिका सशक्त बनाउने, कोरोनाले प्रभाविक साना तथा मझौला उद्योगलाई सहयोग गर्ने गरी मौद्रिक नीतिमा व्यवस्था गरिएकाले आर्थिक वृद्धिमा यसले योगदान गर्ने प्रतिवेदनमा उल्लेख छ। 

त्यस्तै बैंकले चालु आर्थिक वर्षमा नेपालको मूल्य वृद्धिदुर ५.२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। विश्वमा नै तेलको मूल्यमा आएको वृद्धिका कारण नेपालमा पनि मूल्यवृद्धि हुने विश्व बैंकले दाबी गरेको छ। पर्यटकीय गतिविधिसमेत खुला भए आर्थिक वृद्धिमा टेवा पुर्‍याउन सक्ने एडीबीको आकलन छ।

प्रकाशित: Sep 22, 2021| 17:32 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्