बिहीबार, चैत १२, २०८२

कोभिड– १९ को उपचारमा प्लाज्मा थेरापी प्रभावकारी छैन : आईसीएमआर

अध्ययनले प्लाज्मा थेरेपीबाट कोरोनाको उपचार गराइरहेका बिरामीको अवस्था गम्भीर हुन बाट नरोकिएको जनाएको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

एजेन्सी- भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले गरेको एक अनुसन्धानमा कोरोना भाइरस संक्रमितको मृत्यु दर कम गर्नमा प्लाज्मा थेरापी प्रभावकारी उपाय नभएको पाइएको छ।

National life

अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘कोभिड– १९ का बिरामीको अवस्था गम्भीर हुँदै गएको छ भने त्यसलाई रोक्न प्लाज्मा थेरापीले कुनै मद्दत गर्दैन।’

भारतीय अनलाइन पत्रिका ‘द प्रिन्ट’ का अनुसार यो अध्ययनका लागि १४ राज्यका ३९ अस्पतालमा रहेका ४६४ संंक्रमितमाथि प्लाज्मा थेरापीको ट्रायल गरिएको थियो।

प्लाज्मा थेरापी ट्रायलका लागि २३५ जना बिरामीलाई प्लाज्मा थेरापी दिइएको थियो भने बाँकी २२९ जनालाई प्लाज्मा थेरापी नदिएर तुलनात्मक अध्ययन गरिएको थियो।

दुवै समूहलाई २८ दिनसम्म हेर्दा प्लाज्मा थेरापी दिइएका १३.६ प्रतिशत (३४ जना बिरामी) को मृत्यु भएको पाइयो। त्यस्तै थेरापी नदिइएको समूहका १४.६ प्रतिशतको मृत्यु भयो।

Laxmi sunrise bank
kumari

अध्ययन प्रतिवेदनले प्लाज्मा थेरापी गराइरहेका कोभिड– १९ का विरामीको अवस्था गम्भीर हुनबाट नरोकिएको र एन्टिबडिजको लेभलमा पनि कुनै फरक नपाइएको उल्लेख छ।

के हो प्लाज्मा थेरापी?

प्लाज्मा थेरापी कोरोना महामारीका बेला उपचारका लागि विकसित एउटा तरिका हो। यसमा एकपटक कोरोना भाइरसबाट संंक्रमित भएर पनि निको भइसकेका व्यक्तिको प्लाज्मा निकालेर संंक्रमितको शरीरमा हालिन्छ।

एकपटक कोरोना संक्रमण भएर संक्रमणमुक्त भइसकेका व्यक्तिको शरीरमा कोरोना भाइरसविरुद्धको प्रतिरोधी क्षमता विकास भएको हुन्छ। तीन सातापछि त्यस्ता व्यक्तिको प्लाज्मा संक्रमित व्यक्तिको शरीरमा हालिन्छ। यसो गर्दा संंक्रमितको शरीरमा पनि रोगप्रतिरोधी क्षमता विकसित हुने अपेक्षा गरिएको हुन्छ।

एक पटक संक्रमित भइसकेका व्यक्तिको ४०० मिलिलिटर प्लाज्मा निकालेर दुई जना संक्रमितलाई दिन सकिन्छ।

प्रकाशित: Sep 09, 2020| 18:12 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्