बिहीबार, वैशाख ३१, २०८३

पूर्णिमा लामाको स्वरमा ‘पियारा’ सार्वजनिक

गायिका पूर्णिमा लामाको स्वरमा ‘पियारा’ गीत सार्वजनिक भएको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं- गायिका पूर्णिमा लामाको स्वरमा ‘पियारा’ गीत सार्वजनिक भएको छ। कृष्णप्रसाद खतिवडा (प्रह्लाद) को शब्द संगीतमा मुनाल डिजिटलले उक्त गीत युट्युबमार्फत् सार्वजनिक गरेको हो।

National life

गीतमा श्यारोन रेग्मी र सेलिना दाहाललाई फिचरिङ गरिएको छ। अधिनायक शेरचनको छायांकन र सम्पादन रहेको गीतको भिडियोको श्यारोन रेग्मीले नै निर्देशन गरेका हुन्।

शान्ति सेनामा विदेश गएका आफ्ना पतिको सम्झनामा एउटी महिलाले भोगीरहेको जीवनलाई गीतमार्फत् व्यक्त गरिएको छ।

विदेशबाट आउने नराम्रा खबरहरुले हृदय जलाएर बस्नु परेको नारीको कथालाई गीतमा उतार्न खोजिएको निर्माण टिमले जनाएको छ।

 

प्रकाशित: Sep 09, 2020| 18:00 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्