शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकले व्याजदरमा नियन्त्रण गर्न खोज्दा उकालो लाग्यो सेयर बजार

राष्ट्र बैंकले व्याजदरमा नियन्त्रण गर्न खोज्दा उकालो लाग्यो सेयर बजार

सेयर बजार परिसूचक (नेप्से) बुधबार १०४.८८ अंकले उकालो लागेर २८१६.९५ अंकमा अडिएको छ।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं– सेयर बजार परिसूचक (नेप्से) बुधबार १०४.८८ अंकले उकालो लागेर २८१६.९५ अंकमा अडिएको छ। नेपाल राष्ट्र बैंकले व्याजदर वृद्धिमा हस्तक्षेप गरेपछि सेयर बजार ओरालो लाग्न कम भई उकालो यात्रा सुरु गरेको हो। 

बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभाव भएको भन्दै निक्षेप र कर्जाको व्याजदरमा वृद्धि गरेसँगै नेपाल राष्ट्र बैंकले व्याजदर धेरै नबढाउन मंगलबार निर्देशन दिएको थियो। 

बुधबार सम्पूर्ण समूहगत परिसूचक उकालो लागेको छ। बैंकिङ ६.९२, ट्रेडिङ १३२.६७, होटल तथा टुरिजम १३६.९, विकास बैंक ३८१.४२, जलविद्युत १६९,४४, फाइनान्स २०७.९३, निर्जिवन बिमा कम्पनी ४४१.८७ र उत्पादनमूलक कम्पनीहरुको सेयर १८२.३१ अंकले उकालो लागेको छ। 

त्यस्तै बुधबार लघुवित्त कम्पनीहरुको १७०.७३, जीवन बिमा कम्पनी ५५१.७५, म्युचुअल फन्डको ०.२२, लगानी समूहको ३.८९ र अन्य समूहको ४१.७३ अंकले उकालो लागेको नेप्सेले जनाएको छ। 

यसदिन १३ वटा कम्पनीले १० प्रतिशतले कमाएका छन् भने १२ कम्पनीले ९ प्रतिशत भन्दा बढीले कमाएका छन्। कुनै पनि कम्पनीका लगानीकर्ता गुमाएका छैनन्। 

बुधबार दिनभर १ करोड २१ लाख २२ हजार कित्ता सेयर ६ अर्ब १७ करोड ९३ रुपैयाँ बराबरको कारोबार भएको छ। 


प्रकाशित: Sep 22, 2021| 16:41 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्